थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्जः वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएकाे पीसीआर परीक्षणमा दुई चिकित्सक, तीन नेपाली सेनासहित थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका ३४ जना सङ्क्रमितमध्ये चार जना महिला छन् । नयाँ सङ्क्रमितमा दुई जना बाराका, एक जना सर्लाहीका र एक जना सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा कार्यरत २८ वर्षीय महिला डाक्टर रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

याे पनि पढ्नुस  चीनमा फेरि देखिन थाल्यो कोरोना

नयाँ सङ्क्रमितहरू १४ वर्षदेखि ५६ वर्ष उमेर समूहका रहेका छन् । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका २७ जना, वीरगञ्ज बसोबास गर्दैआएका पोखरिया नगरपालिकाका तीन जना, जिरा भवानी गाउँपालिका सेढ्वाका एक जना, सर्लाही र सुर्खेत स्थायी घर भएका एक/एक जना गरी पर्सामा ३२ जना र बारा कलैया र फेटाका एक/एक जना गरी थप ३४ जनामा सङ्क्रमण देखिएको हो ।

कमेन्ट गर्नुहोस्