कोरोना नियन्त्रणका लागि जनचेतना अझै बढाउन आवश्यकः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणमा सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनचेतना अझै बढाउन जोड दिएका छन् । ‘सरकारको कामले मात्र पुग्दैन, कोरोनासँग लड्न जति जनचेतना बढाउन सक्यौं त्यति नै सजिलो हुन्छ’, प्रधानमन्त्री ओलीले भने ।

आज प्रधानमन्त्री निवास वालुवाटारमा जनस्वास्थ्यविज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले महामारी नियन्त्रणका लागि थप जिम्मेवारीका साथ लाग्न आवश्यक रहेकोमा जोड दिए ।

याे पनि पढ्नुस  चीनमा फेरि बल्झिँदै कोरोनाः देखिए ४२ संक्रमित, एकको मृत्यु

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रम कार्यालयका सचिव महेन्द्र गुरागाईंले अहिले प्रतिदिन १८ हजारसम्मको परीक्षण गर्न सक्नेगरी ल्याबको स्थापना गरिएको जानकारी दिए । बैठकमा अहिलेसम्म ४ लाख जनाको पीसीआर विधिबाट टेष्ट भएको जानकारी दिइएको थियो ।

लकडाउन र जोर–बिजोरबारे निर्णय गर्न बालुवाटारमा बैठक शुरू

कमेन्ट गर्नुहोस्