अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले १५ जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको बताए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत आइतबार करिब दुई सय कर्मचारीको स्वाब सङ्कलन गरेको थियो ।

याे पनि पढ्नुस  भारतमा एक्कासी घट्यो कोरोना

आयोगमा आजै नै सङ्क्रमित कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङ शुरू गर्ने तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्