प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा देउवाले दिए ७ सुझाव

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको विज्ञ तथा सरोकारवालाको बैठकमा विभिन्न ७ सुझाव दिएका छन् ।

देउवाले बैठकमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट आफ्नो ७ सुझाव दिएका हुन् ।

देउवाले दिएका ७ बुँदे सुझाव

१. हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस् ।

२. नेपाली कांग्रेसले विगत देखिनै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न बिषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण गराउँदछु-

याे पनि पढ्नुस  हामी विद्वान् र बहादुर पुर्खाका सन्तान हौं, इतिहासप्रति गर्व गर्न सिकौंः प्रधानमन्त्री ओली

-आरडीटी परिक्षण स्थायी रुपले अन्त्य ।

-सम्पूर्ण रुपले पीसिआर परिक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परिक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त ।

– स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध ।

-मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन ।

-विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र परिक्षण पश्चात् घर पुर्‍याउने ब्यवस्था ।

याे पनि पढ्नुस  बाँस्कोटा अडियो प्रकरणः ओली र प्रचण्डको भेट, के भयो कुराकानी ?

-नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल ।

-सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता संगै चेतनामूलक अभियानमा आम सञ्चारका माध्यमको व्यापक प्रयोग ।

३. परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न बिज्ञहरूसँग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।

४. विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् ।

याे पनि पढ्नुस  नेपाल-भारत सम्बन्धः जयशङ्करमार्फत् नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई पठाएको सन्देश

५. उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।

६. विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् ।

७. वर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस् ।

कमेन्ट गर्नुहोस्