चीनको युनान पुग्यो सलह

कुनमिङ : चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीले बताएका छन् ।

कृषि अनुसन्धान निकायहरूका अनुसार सलहले युनानका ९ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् ।

मौसम सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तिब्र गतिमा सक्रिय भएका पाइएको छ ।
स्थानीय अधिकारीहरुले सलह फैलिन नदिन ड्रोन मार्फत विषादी छर्कनेक्रम जारी रहेको छ ।

याे पनि पढ्नुस  चीनद्वारा नेपाललाई ४० हजार पीसीआर किट हस्तान्तरण

यहाँ गत जुन २८ मा पहिलो पटक सलह देखिएको थियो । सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन् ।

विज्ञहरूको भनाईमा चीनमा सलह प्रवेशको क्रम विस्तारै घट्न थालेको छ, तर सलहको संख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिन रहेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्