विज्ञले प्रधानमन्त्रीलाई भने : ‘लकडाउन गरौं, आवश्यक परे कर्फ्यूसमेत लगाऊँ’

काठमाडौं : जनस्वास्थ्य विज्ञले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरस (कोभिड-१९) को प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा जनस्वास्थ्य विज्ञको प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन् ।

‘छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राख्नुभएको छ। लकडाउन नगरेमा थप भयावह हुन सक्ने उहाँहरूको चेतावनी छ ।’ ‘बैठकका एक सहभागीले सेतोपाटीसँग भने, ‘कतिपय विज्ञहरूले त कर्फ्यूसमेत लगाउन भन्नुभएको छ ।’

याे पनि पढ्नुस  आज कहाँ कति थपिए संक्रमित ? (सूचीसहित)

वीरगञ्ज काठमाडौं लगायतका ठाउँहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको सन्दर्भमा प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गरेका हुन् ।

छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा रहेका मन्त्रीहरू र जनस्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी छन् । यो समाचार तयरा पार्दासम्म छलफल जारी छ ।

कमेन्ट गर्नुहोस्