तीनकुनेको बागमती खोलामा युवकको शव भेटियो

काठमाडौं : राजधानीको तीनकुनेस्थित बागमती खोलामा १ युवकषको शव फेला परेको छ । मंगलबार दिउँसो २ बजे भिएस निकेतन स्कुल अगाडिको खोलामा १ युवकको शव फेला परेको हो ।

उनी करिब २५ देखि ३० वर्षका पुरुष रहेका महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

याे पनि पढ्नुस  तीनकुनेस्थित बागमती पुल नयाँ प्रक्रियाबाट निर्माण गरिने

प्रहरीले घटनास्थलबाट मुचुल्का उठाउँदै गरेको डिएसपी बस्नेतले बताए । उनको पहिचान भने हुन सकेको छैन।

कमेन्ट गर्नुहोस्