आज २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं : नेपालमा मंगलबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

याे पनि पढ्नुस  सेना र प्रहरीको सुडान मिसन रोकियो

त्यस्तै, विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ६५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासहित हालसम्म १५ हजार २६ जना कोरोनाबाट निको भएका छन्।

देशभर अहिले ५ हजार ९ सय २५ जना व्यक्ति संक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्