३ नाकाबाट काठमाडौं छिरेका ४० जनामा कोरोना संक्रमण

काठमाडौं : फर्फिङ नाकाबाट काठमाडौं उपत्यका प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो नाकाबाट उपत्यका प्रवेश गरेका १ हजार २०७ जनाको पीसीआर गर्दा ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै, नागढुंगा नाकाबाट उपत्यका छिरेका ६ हजार ६४ को पीसीआर गर्दा १६ जनाको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यका प्रवेशमा नयाँ नियम

उनका अनुसार साँगा नाकबाट उपत्यका प्रवेश गरेका ३ हजार ४ सय ८२ जनाको पनि पीसीआर गरिएको छ । जसमा १३ जनाको रिपोर्ट पोजिटिभ देखिएको डा. गौतमले जानकारी दिए ।

उपत्यकाका यी ३ नाकाबाट लिइएको १० हजार ८ सय ५३ स्वाबमा जम्मा ४० जनाको पीसीआर नतिजा पोजिटिभ देखिको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा थपिए ४८ कोरोना संक्रमित

भक्तपुरमा १३ र ललितपुरमा १ जनामा पनि कोरोना पुष्टि

कमेन्ट गर्नुहोस्