यी हुन् आज कोरोना संक्रमित थपिएका जिल्ला

काठमाडौं : मंगलबार नेपालमा २ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

आज झापाका ८, मोरङका २२, सुनसरीका १२, धनुषाका १३, इलामका २, सिराहाका २, सप्तरीका ७, महोत्तरीका १५, सर्लाहीका १ जना कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  क्वारेन्टाइनबाट घर पठाइएका ३१ जनामा कोरोना देखियो

यस्तै, ललितपुरका १, बझाङका १, भक्तपुरका १३, काठमाडौंका ४८, सर्लाहीका २५, बाराका ७, पर्साका १, रौतहटका ६, धनुषाका १, मोरङका १, नुवाकोटका २, स्याङजाका १ जनामा पनि कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार तनहुँका १, रुकुमका १, चितवनका १, कास्कीका २, लमजुङका १, पर्वतका १, स्याङजाका ३, गुल्मीका ५, रुपन्देहीका ७, बाँकेका ११, सल्यानका ३, कपिलवस्तुका २, रुपन्देहीका २, अछामका ११ तथा कैलालीका २२ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  १३२५ संक्रमित थपिए, १० जनाको मृत्यु

आज ६५ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १५ हजार २६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्