ट्रकले ठक्कर दिँदा ६ वर्षीया बालिकाको मृत्यु

चितवन : चितवनको माडी नगरपालिका-९ वगईमा आज दिउँसो ट्रकको ठक्करबाट १ बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा स्थानीय विजय दुराकी ६ वर्षीया छोरी खुसुबु रहेकी छन् ।

ठोरीबाट सामान लिएर माडीतर्फ आउँदै गरेको ना ५ ख ६७७९ नम्बरको ट्रकले खुसुबुलाई ठक्कर दिएको थियो । ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

याे पनि पढ्नुस  चितवनका करीब दुर्इ हजार भूकम्प पीडितले राहत पाएनन्

ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्