आज पनि ओली-प्रचण्डबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ अध्यक्षबीचको वार्ता सकिएको छ । वार्तामा २ अध्यक्ष आफ्नै अडानमा रहेपछि आज पनि सहमति बन्न नसकेको वार्तामा सहभागी नेताले जानकारी दिए ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच मङ्गलबार साँझ ५ बजेदेखि सुरु भएको बैठक साढे ६ बजेसम्म चलेको थियो ।

याे पनि पढ्नुस  प्रचण्डद्वारा बोगटीप्रति श्रद्धाञ्जली अर्पण

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ पनि सहभागी थिए । ‘प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठक बोलाऔँ भन्नुभयो । हामीले जारी स्थायी कमिटी बैठक पहिले टुङ्ग्याऔँ भन्यौँ, यसैमा कुरा मिलेन,’ वार्तामा सहभागी एक नेताले भने । जारी स्थायी कमिटी बैठक टुङ्ग्याएर सचिवालय बैठकमा जाउँला भन्ने अध्यक्ष प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री तथा अध्यक्ष ओली तयार नभएको ती नेताले बताए ।

याे पनि पढ्नुस  बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्ति तथ्यहीन : पूर्वप्रधानमन्त्री नेपाल

स्थायी कमिटी बैठकको एजेण्डामा अझै छलफल हुन सकेको छैन । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि बैठक अवरुद्ध हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्