बालुवाटार बैठक : पार्टीमा छलफल नगरी धमाधम नियुक्ति भएको भन्दै झलनाथ कड्किएपछि…

काठमाडौं : नेकपाभित्र जारी विवादलाई सहज बनाउने प्रयत्नस्वरुप प्रधानमन्त्री केमी शर्मा ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता  झलनाथ खनालबीचको भेट आज पनि सुखद बन्न सकेन ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा छलफल नगरी भटाभट राजनीतिक नियुक्ति प्रक्रिया अघि बढाएको विषयले बैठक तनावपूर्ण बन्न पुगेको श्रोतले बतायो ।

श्रोतका अनुसार, आजको छलफलको शुरुमा नै नेता झलनाथ खनालले लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्तिको प्रसंगमा आपत्ती व्यक्त गरेका थिए ।

याे पनि पढ्नुस  माधव नेपालदेखि वामदेवसम्मले पाए जिम्मेवारी, अनुशासन विभागमा अमृत बाेहरा

‘तपाईले सहमति खोज्नु त कता हो कता, पार्टीलाई नै झन बदनाम हुने काम गर्दै हुनुहुन्छ?’ झलनाथको भनाई उदृत गर्दै श्रोतले भन्यो, ‘लगानी बोर्डको नियुक्ति त्यति विवादित हुँदा पनि तपाईले एकपल्ट पनि पार्टीमा छलफल नगरी मनोमानी ढंगले अगाडि बढनु कहाँसम्म न्यायोचित हो?’

यही विषयमा बैठकमा चर्काचर्की परेको थियो । पार्टीको छवि धुमिल हुने गरी कुनै पनि काम गर्न नहुने कुरामा अर्का अध्यक्ष प्रचण्डले जोड दिएको श्रोतले बतायो ।

याे पनि पढ्नुस  पार्टीलाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प छैनः खनाल

प्रधानमन्त्री ओलीले भने आफूले नराम्रो र अयोग्य मानिसलाई नियुक्त गरेको नभई प्रक्रियाअनुसार सक्षम व्यक्ति नियुक्त गरेको भन्दै बचाउ गरेका थिए ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको जोखिमका कारण स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राख्न नहुने बताएपछि नेकपा विवाद झनै जटिल मोडमा पुगेको छ । नेताहरूबीच भोलि बुधबार साँझ ५ बजे फेरि बालुवाटारमा छलफल गर्ने सहमति भएको छ ।

याे पनि पढ्नुस  धनुषा बम विस्फोटः इन्स्पेक्टर दाहाल १४ वर्ष झलनाथ खनालका निजी सुरक्षा अधिकारी रहेका

यसअघि प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्ने क्रममा कोरोना संक्रमणको जोखिम बढेकोले स्थायी समिति र केन्द्रीय समितिको बैठक बसाल्न नसकिने बताएका थिए ।

विगतमा आफ्नो समर्थनमा युवाहरूलाई सडकमा प्रदर्शन गर्दा कोरोना संक्रमणको कुरा नसोच्ने तर अहिले बैठकबाट भाग्न यस्तो तर्क गरेको भन्दै नेकपाभित्र प्रधानमन्त्रीको ओलीको आलोचना भइरहेको छ ।

कमेन्ट गर्नुहोस्