लकडाउनमा कडाइ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपालीको परीक्षण गरी प्रमाणित भएपछि मात्र घर पठाइने बताएका छन् ।

बाहिरबाट आउनेहरू आफै पनि जिम्मेवार हुनुपर्ने उनले बताए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार विज्ञहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

अहिलेको कोरोना संकट सल्टाउन सबैको भूमिका अनिवार्य रहने भएपनि सरकारको मात्र विरोध गर्ने र मान्छे भड्काउने काम उचित नरहेको उनले बताए । ‘लकडाउन लगाउँदा किन लगाइस् भन्ने, लकडाउन खोल्दा किन खोलिस् भन्ने गलत मानसिकता साथ टिप्पणी भइरहेको छ’, भन्दै प्रधानमन्त्री ओलीले सबैलाई जिम्मेवार बन्न आग्रह गरे । सरकार देश र जनताको स्वास्थ्यमा संवेदनशील रहेको पनि उहाँले प्रष्ट पारे ।

याे पनि पढ्नुस  भारतमा कोरोनाको फेरि नयाँ रेकर्ड

यसैबीच करिब साढे चार घण्टा लामो आजको छलफल अत्यन्तै उपलब्धिमूलक रूपमा टुंगिएको र विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन तोकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थानमा सिल गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

याे पनि पढ्नुस  बाँस्कोटा अडियो प्रकरणः ओली र प्रचण्डको भेट, के भयो कुराकानी ?

त्यस्तै अस्पतालमा पूर्वाधार बढाउन आइसीयू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जोड दिइएको छ । निष्कर्षमा प्रधानमन्त्रीज्यूले विभिन्नखाले सुझावहरू आएकोमा सरकारले आवश्यक र जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने तथा सिंगो देश एकताबद्ध भएर कोरोना संक्रमणलाई पराजित गर्ने बताएका थिए । ओलीले फेरि लकडाउन गर्ने वा कडाइ गर्ने भन्नेबारे केही दिनमै निर्णयमा पुगिने बताए ।

कमेन्ट गर्नुहोस्