आज कहाँ–कहाँ हुँदैछ भारी वर्षा ? (सूचीसहित)

काठमाडौंः मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिणतर्फ अवस्थित छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले मौसम पूर्वानुमान बुलेटिनमार्फत जानकारी दिएको छ ।

भारी वर्षा हुने स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल–पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।

याे पनि पढ्नुस  कस्तो छ आगामी ३ दिनको मौसम?

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन २१ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशका अधिकांश भू-भागमा सामान्य वदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन २२ गते (बिहिबार)

दिउँसो : देशभर सामान्य बदली रही प्रदेश न. १, प्रदेश न. २ र बागमती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही थेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन २३ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्