भारतमा घट्यो कोरोना

काठमाडौंः भारतमा पछिल्लो २४ घण्टामा ५० हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ मंगलबार ५१ हजार २८२ संक्रमित थपिएका छन् । पछिल्लो तीन दिनको तुलनामा यो संख्या कम हो । पछिल्लो तीन दिनमा त्यहाँ दैनिक ५५ हजार बढी संक्रमित देखिँदै आएका थिए ।

याे पनि पढ्नुस  नेपालमा कोरोना संक्रमितको संख्या सय नाघ्यो (सूचीसहित)

पछिल्लो २४ घण्टामा ८४९ जनाको मृत्यु हुँदा थपिएका संक्रमित संख्या बराबर नै निको भएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १९ लाख छ हजार ६१३ पुगेको छ भने ३९ हजार ८२० जनाको मृत्यु भएको छ ।

१२ लाख ८१ हजार ६६० जना निको हुँदा संक्रमित संक्रमितको संख्या पाँच लाख ८४ हजार ६८४ छ ।

याे पनि पढ्नुस  काठमाडौंको बूढानीलकण्ठमा एकै परिवारका ८ जनामा कोरोना पुष्टि

आइतबार र सोमबार विश्वभरमै सबैभन्दा बढी संक्रमित भारतमा भेटिएका थिए ।

भारतमा गत शुक्रबार सबैभन्दा बढी संक्रमित देखिएका थिए । त्यो दिन ५७ हजार ४८६ जना नयाँ संक्रमित थपिएका थिए । त्यो भारतमा अहिलेसम्मकै बढी हो ।

भारतले अहिलेसम्म दुई करोड आठ लाख ६४ हजार ७५० भन्दा बढी मानिसको परीक्षण गरिसकेको बताएको छ । भारतमा आरटीपीसीआर र एन्टिजन गरी दुई प्रकारको परीक्षण भइरहेको छ ।

याे पनि पढ्नुस  को हुन् सोमबार थपिएका ८० कोरोना संक्रमित ? हालसम्म कुन जिल्लामा कति ?

कहाँ कति संक्रमित ?

कमेन्ट गर्नुहोस्