मृत्युपछि पर्साकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि

वीरगञ्जः पर्साको पोखरिया–८ जगतपुरकी एक युवतीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । पोखरिया नगरपालिका –९ स्थित मामा घरमा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

बान्ता भएपछि उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज ल्याउँदै गर्दा बाटोमै युवतीको गत सोमबार मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  भारतमा भयावह बन्दै कोरोनाः मृतक संख्या ३३१ पुग्यो, एकैदिन ४३ को मृत्यु

परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

युवतीको मृत्युसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु् हुनेको संख्या १४ पुगेको छ । देशभर मृतकको संख्या ५९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्