चीनमा फेरि बढ्दै कोरोना

बेइजिङः मंगलबार चीनमा महामारी कोराना भाइरसका थप २७ संक्रमित भेटिएका छन् । पछिल्लो समय चीनमा कोरोनाका बिरामी बढ्न थालेका हुन् ।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार संक्रमितमध्ये ५ जना बाहिरबाट आएका हुन् । बाँकी २२ जना सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रका रहेका छन् ।

याे पनि पढ्नुस  डोटीमा २१ नेपाली सैनिकमा कोरोना संक्रमण

यसैगरी मंगलबार १७ कोरोनाका बिरामी डिस्चार्ज हुँदा कुनै पनि मृत्यु नभएको आयोगले जनाएको छ ।

हालसम्म चीनमा ८४ हजार ४९१ संक्रमित हुँदा ७९ हजार ४७ जना निको भइसकेका छन् । साथै ४ हजार ६३४ जनाको ज्यान गएको छ ।

कमेन्ट गर्नुहोस्