१ लाख नाघ्यो सुनको मूल्य

काठमाडौंः सुनको मूल्य एक लाख नाघेको छ । एकैदिन १६ सय बढेपछि सुनको मूल्य एक लाख नाघेको हो ।

मंगलबार ९९ हजार आठ सयमा कारोबार भएको सुन आज एक लाख एक हजार चार सयमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

याे पनि पढ्नुस  चिनियाँ राष्ट्रपति सीद्धारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण

यसअघि सुनको मुल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको थियो । पछिल्लो समय सुन अनपेक्षित रूपले बढ्दै गएको छ ।

चाँदी मंगलबारको तुलनमा बुधबार ६५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ ।

याे पनि पढ्नुस  रूसमा कोरोनाको कारण करिब ५०० चिकित्सकको मृत्यु

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुनको मूल्यमा असर परेको महासंघले बताएको छ । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको हो ।

साउनयता लगातार बढेको सुनको मूल्यसँगै व्यवसायमा मन्दी झन चुलिएको छ।

कमेन्ट गर्नुहोस्