महराद्वारा शहीद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयको अनुगमन

दाङः पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले दाङ घोराहीस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राबिधुक शिक्षालयको अनुगमन गरेका छन् ।

नेपाल सरकारद्वारा प्रदेश नम्बर ५ को नमुना शिक्षालय घोषणा गरेको शिक्षालयमा नवनिर्मित भवनको पूर्व सभामुख महराले अबलोकन गरेका हुन् ।

याे पनि पढ्नुस  स्वाब परीक्षण गराउँदै पूर्वसभामुख महरा

शिक्षालय अबलोकनका क्रममा शिक्षालयका प्रमुख यादव सुवेदीले शिक्षालयमा नियमित रुपमा नयाँ नयाँ कार्यक्रमहरू थपिँदै गएको र सिटिइभिटीबाट सम्बन्धन दिने अधिकांश बिषयहरू बिस्तारै थप गर्दै जाने भएकाले शिक्षालयलाई जमिनको अभाव हुन सक्ने बताए ।

शिक्षालयका लागि जमिन नथपिएर कार्यक्रम मात्र थप भए भोलिका दिनमा शिक्षालयलाई समस्या हुने बताउँदै जमिन थपका लागि पहल गरिदिन शिक्षालय प्रमुख सुवेदीले महरालाई अनुरोध गर ।

याे पनि पढ्नुस  महराको कमजोरीमाथि पश्चिमाहरुको षडयन्त्र– देव गुरुङ

जबाफमा महराले यहाँका नागरिकहरूले बिद्यालयको जमिन शिक्षालयलाइ दिएर शिक्षालय स्थापित गर्न ठूलो योगदान दिएकाले अब बाँकी अपुग जमिनका लागि पनि स्थानिय अग्रसर हुने बताए ।

यति महत्वपूर्ण शैक्षिक संस्था यो ठाउँमा आउनु अत्यन्तै खुसीको कुरा भएको बताउँदै पूर्व सभामुख महराले यसको विकास र निर्माणका लागि सबै लाग्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्