सर्वसाधारणलाई सिंहदरवार प्रवेशमा कडाइ

काठमाडौंः उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भइरहेका बेला गृह मन्त्रालयले सर्वसाधारणलाई सिंहदरवार प्रवेशमा कडाइ गरेको छ ।

सिंहदरवारमा भेटघाटका लागि मात्रै आउजाउ गर्नेहरूलाई नियन्त्रण गर्न प्रवेश कडाइ गरिएको हो । महानगरी प्रहरी प्रभाग सिंहदरवारका डीएसपी सुवासचन्द्र बोहराका अनुसार फोन र अनलाइन पास बन्द गरिएको छ ।

याे पनि पढ्नुस  अमेरिकामा दैनिक सङ्क्रमण एक लाख पुग्ने चेतावनी

‘सामान्य खालका भिजिटरलाई रोकिएको हो,’ उहाँले भने, ‘सम्बन्धित कार्यालयले पत्र लेखेर पठाएको अवस्थामा भने महत्वपूर्ण काममा आउने भिजिटरलाई रोकिँदैन ।’

चियाखाजा र सामान्य भेटघाटका लागि अनावश्यक भीड बढेपछि जोखिम अवधिभर कडाइ गरिने डीएसपी बोहराले बताए । प्रहरीले सिंहदरवारभित्र निर्माणाधिन भवनमा काम गर्ने कामदारलाई पनि भित्रबाहिर गर्न नदिने जानकारी गराएको छ ।

याे पनि पढ्नुस  कपिलवस्तुमा स्टाफ नर्सलाई पनि देखियो कोरोना

कामदार भित्रबाहिर आउजाउ गर्दा संक्रमण जोखिम रहेकाले त्यस्ता कामदारको आवागमनमा पनि कडाइ गरिएको हो । बोहराले कर्मचारीको सवारीमा सिंहदरवार प्रवेश गर्ने अन्य आगन्तुकलाई पनि रोक्ने निर्णय भएको छ ।

कमेन्ट गर्नुहोस्