सप्तरीमा उपचारको क्रममा ३ को मृत्यु, कोरोनाको आशंका

राजविराजः सप्तरीमा उपचारको क्रममा तीन जना पुरुषको मृत्यु भएको छ । मृतकहरुमा कोरोना संक्रमणको आशंका गरिएको छ ।

कोरोनाको आशंका गरिएका मृतकहरुको पीसीआर परीक्षणको लागि स्वाब लिने कार्य भइरहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

तीनै जनाको स्वाब संकलन भएपछि मात्र संस्कार गर्न दिइने बताइएको छ । स्वाब संकलनको लागि स्वास्थ्यकर्मी टोली पठाइएको छ ।

याे पनि पढ्नुस  नेपालमै कोरोनाको औषधि बनाइएको जिकिर

डेढ महिना अघि बैदेशिक रोजगारबाट घर आइपुगेका जिल्लाको रुपनी गाउँपालिका वार्ड नम्बर ५ गढियाका ४५ वर्षीय पुरुषमा कोरोनासँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भिर बन्दै जाँदा थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।

याे पनि पढ्नुस  प्रदेश-२ मा एकैदिन थपिए २७५ कोरोना संक्रमित

धरान पुगेपछि उनको मृत्यु भएको वडा अध्यक्ष जगदिश दासले जानकारी दिए । उनको शव परिवारजनले घरमा ल्याएर संस्कार गर्न लाग्दा पिसिआर परीक्षणको लागि स्वाब लिन रोकेको बताइएको छ ।

त्यस्तै राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचाररत डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुषको मृत्यु भएको छ । गत १५ गते अस्पताल भर्ना भएका दुबै जनाको गएराती मृत्यु भएको बताइएको छ ।

याे पनि पढ्नुस  बुबाको मृत्यु भएको २० दिनपछि कोरोनाबाट छोरीले गुमाइन् ज्यान

दुबै जनामा शंकास्पद लक्षण देखिएकाले अन्तिम संस्कार रोेकेर स्वाब संकलनका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्