नेपालमा आज ३८१ जनामा कोरोना पुष्टि

काठमाडौं : नेपालमा आज ३ सय ८१ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेहरूको संख्या १५ हजार १५६ पुगेको छ ।

याे पनि पढ्नुस  नेपालले दियो चीनलाई एक लाख मास्क

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभर ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै हाल देशभर ६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, अहिलेसम्म नेपालमा कोरोनाबाट ६० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्