कुन-कुन जिल्लामा थपिए आज कोरोना संक्रमित? (विवरणसहित)

काठमाडौं : बुधबार देशभर ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

बुधबार काठमाडौंका ५७, ललितपुरका ५, सुनसरीका २, इलामका २, सप्तरीका ८, उदयपुरका १, मोरङका ७, सर्लाहीका ५, धनुषाका १२, महोत्तरीका १४, सिराहाका १, बाराका २७, पर्साका १ सय ५१, गोर्खाका ३, कपिलवस्तुका ९ र मकवानपुरका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा थपिए आज ९ कोरोना संक्रमित

यस्तै, रौतहटका १, धादिङका २, महोत्तरीका २, सिन्धुपाल्चोकका १, महोत्तरीका १, रौतहटका १, सिराहाका १, स्याङ्जाका १७, बाग्लुङका २, कास्कीका १, बाँकेका १३, दाङका १, सुर्खेतका १०, कालिकोटका १ र बझाङका ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमण निको भएर थप १३० जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १५ हजार १५६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्