बिचौलियाहरूको अड्डा बन्यो बालुवाटारः झलनाथ खनाल

फाइल फोटो ।

काठमाडौंः नेकपा वरिष्ठ नेता झलनाथ खनालले पार्टीको आन्तरिक जीवनमा अन्तर्पार्टी संघर्ष जटिल बनेको बतााएका छन् ।

यसलाइ अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच जुंगाको र लाभ प्राप्तिका लागि लडाइ भएको रुपमा केहीले प्रचार गरेको कुरा गलत भएको उनले बताए ।

उनले भने, ‘अहिले हामी आन्तरिक संघर्षमा छौ । केपी कमरेडलाई रुपान्तरण गर्न सकिन्छ कि, विधि र पद्धति स्थापित गर्न सकिन्छ कि भन्ने हाम्रो प्रयास हो ।’

मदन भण्डारी फाउन्डेसनका नाममा जिल्ला जिल्लामा गुटको राजनीति भइरहेको खनालले आरोप लगाए । ‘हिजो एमाले छँदा पनि ओलीले गुटबन्दी गर्नुहुन्थ्यो । अहिले एकतापछि गुट अन्त्य हुनुको साटो ओलीले गुटबन्दीलाई झनै बलियो बनाउन खोज्नुभएको छ’, उनले भने ।

याे पनि पढ्नुस  नेकपा कार्यकर्ताकाे आक्रमणबाट कांग्रेस बाँके सभापतिको हात भाँचियो

‘अहिले आफूहरू पुँजीवादी र जनवादी क्रान्तिको दोश्रो चरणमा पुगेका र त्यहीँअनुरुप निर्वाचनमा पार्टीले ठूलो जनमतको विश्वास जितेको उनले दाबी छ ।

सम्बन्धित समाचार
हामी पार्टी एकता अक्षुण्य राख्न चाहन्छौं तर यो हाम्रो हातमा मात्रै छैनः प्रचण्ड

बैठकबाट डराउने ओलीको काम छैनः नेपाल

पार्टी र सरकार भ्रष्टीकरणको बाटोमा अघि बढ्यो, बिसर्जनको गम्भीर खतराः प्रवक्ता श्रेष्ठ

अहिले विगत जस्तो प्रधानमन्त्री नै सर्वेसर्वा भन्ने नभएको तर प्रधानमन्त्री ओली पुरानै संसदीय मान्यतामा रहको, संसदीय दल, पार्टी कमिटी कोहीसँग पनि सल्लाह नगरेको खनालले आरोप लगाए । ओलीले गुटका मानिसहरूलाई मात्रै प्रश्रय दिएको उनको आरोप छ ।

याे पनि पढ्नुस  नेकपा इलामले तोक्यो जनवर्गीय संगठनका इञ्चार्ज

‘यो असाधारण अवसरको बेला अब समाजवादतर्फ कसरी अघि बढ्ने कसरी क्रान्तिलाई अघि बढाउने भन्ने चुनौंती हाम्रा सामु थियो । सरकार बन्यो तर यो परम्परागत संसदीय व्यवस्था भन्दा भिन्न व्यवस्था थियो । अब यो नयाँ व्यवस्थामा सरकार कसरी सञ्चालन हुने त सोच्ने बेला आएको छ’, खनालले भने ।

योजना आयोग बनाउँदा नयाँ ढंगको आयोग र नयाँ मान्यता अनुरुप जानुपर्ने खनालको भनाई छ । तर, कुनै छलफल नै नगरी गैर मार्क्सवादी र नवउदारवादी मान्यताका विचौलियाहरू नियुक्त गरिएको खनालले बताए ।

याे पनि पढ्नुस  कांग्रेससँग फेरि पनि सहकार्य हुन सक्छः अध्यक्ष प्रचण्ड

‘हिजो सुशील भट्टसम्म आइपुग्दा उहाँ (केपी ओली)ले सबै झेत्रमा आफ्नो गुटको एकलौटी रुपमा चलाउनुभयो । गुटले क्लाइमेक्सका पनि सीमा नाघ्यो । कमिशन एजेन्टहरु उहाँको वासस्थानमा पुग्न थाले’, लगानी वोर्डको सिइओ नियुक्तिमा असन्तुष्टि जनाउँदै खनालले भने ।

सरकारका तिनवटै नीति, कार्यक्रम र बजेट बुर्जुवा, पुँजीवादी र नव उदारवादी मात्र आएको र त्यहाँ समाजवादको स पनि नभएको खनालको भनाई थियो । यसले समाज अग्रगतितिर जान नसकेको खनालले ठोकुवा गरे ।

कमेन्ट गर्नुहोस्