कोरोनाबाट काठमाडौंमा थप १ संक्रमितको मृत्यु

काठमाडौं : कोरोना संक्रमणबाट काठमाडौंमा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही-६ मलंगवाकी ६५ वर्षीया महिला रहेकी छन् । मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।

उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत देखिएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्