श्रीमानलाई खुसी पार्ने उपाय

काठमाडौं : सबै आ-आफ्नो व्यस्ततामा हुन्छन् । श्रीमान्-श्रीमती सँगसँगै भएर पनि प्रेमको महशुुस गर्न सकिरहेका हुँदैनन् ।

कामको व्यस्तताले श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानलाई समय दिन सकिरहेको हुँदैन । विभिन्न अध्ययनहरुका अनुसार, श्रीमान्-श्रीमतीबीच सुमधुर सम्वन्ध स्थापित राख्नका लागि यी उपाय अपनाउन सकिन्छ :

– श्रीमानलाई सम्मान गर्ने ।

– श्रीमानको प्रशंसा गर्न नबिर्सने ।

– श्रीमानलाई माया गरेर बोलाउने ।

– मिठो खाना पकाउने कोशिस गर्ने  ।

– श्रीमानको घरको नराम्रो कुरा नगर्ने ।

– बाहिर जाँदा कहाँ जान लागेको भनेर जानकारी दिने ।

– अन्य पुरुषसँग तुलना नगर्ने ।

– आफू जति नै व्यस्त भए पनि फोन गर्न नबिर्सने ।

– विगतको कुरा पटकपटक दोहोर्‍याएर तनाव नदिने ।

– हरेक काम गर्दा एक अर्कामा सल्लाह गरेर मात्र निर्णय लिने ।

– सबैकुरा श्रीमानलाई सुनाउने, कुनै कुरा नढाट्ने ।

– सत्य बोल्ने, नझर्कने ।

– कतै हिँड्ने बेलामा श्रीमानको पहिरनको बारेमा टिकाटिप्पणी नगर्ने ।

– बिहान-बेलुका समय निस्कने वित्तिकै सुख दुःखको कुरा गर्ने ।

– समय मिलाएर घुम्न जाने ।

– श्रीमानको साथीहरूको सम्मान गर्ने । परिवार साथीहरूमाझ श्रीमानको प्रशंसा गर्ने । नराम्रो कुुरा नगर्ने ।

– अफिसबाट आउने बित्तिकै काम अर्हाउने र कराउने नगर्ने ।

– कहिलेकाहीँ श्रीमानलाई सरप्राइज दिने ।

कमेन्ट गर्नुहोस्