नेपालमा एकैदिन ५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं : नेपालमा बुधबार कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा पर्सा र मोरङमा २/२ जना र काठमाडौंमा १ संक्रमित रहेका छन् ।

कोरोनाबाट पर्साको वीरगञ्ज-१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका-८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साता सिल

त्यस्तै, मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड-१९ को संक्रमितको पनि मृत्यु भएको छ ।

याे पनि पढ्नुस  भारतमा कोरोना संक्रमितसँगै मृतक संख्या पनि बढ्दै

सर्लाही-६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्