काठमाडौंमा यो वर्षकै उच्च गर्मी, कस्तो छ आगामी ३ दिनको मौसम?

काठमाडौं :  वर्षामा कमी आएसँगै देशभर गर्मी बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा यो वर्षकै सबैभन्दा बढी ३३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ ।

त्यसैगरी सबैभन्दा बढी विराटगरको तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस रेकर्ड भएको छ भने जनकपुर, सिमरा र दीपायलमा ३७ डिग्री माथि तापक्रम पुगेको छ ।

प्रचण्डगर्मीका कारण समग्र तराइ क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ । तराइका जिल्लाहरुमा समेत बर्षा कमी भएपछि गर्मी ह्वात्तै बढेको हो । तराइका जिल्लाहरूमा ३३ देखि ३८ डिग्री सेल्सियस पुुगेको छ ।

याे पनि पढ्नुस  अन्तराष्ट्रिय बैंकिङ बजार, संख्या र नेपालको बैंकिङ अवस्था

प्रचण्ड गर्मीका कारण विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेकाले पर्याप्त पानी पिउन, स्वच्छ तथा ताजा खानेकुरा मात्रै खान, तातो हावा चलेको र चर्को घाम लागेका बेला काम विशेषले बाहेक घरबाहिर ननिस्कन नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा. पप्पु कुमार जैसवालले सबैमा आग्रह गरेका छन् ।

गर्मीमबाट हुन सक्ने विभिन्न किसिमका रोगबाट जोगिने झोलिलो खानेकुरा खान डा. जैसवालले सबैमा अनुरोध गरेका छन् ।

३ दिन झरी पर्ने सम्भावना कम

आगामी ३ सम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

याे पनि पढ्नुस  फेरि काठमाडौं प्रवेशमा कडाइ

तीन दिनसम्म प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसमविद् मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेको अबको तीनदिनसम्म मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए

लगातार झरीनै पर्ने संम्भावना देखिदैन तर प्रदेश नं १, २ र बागमती प्रदेश र सुदूरपश्चिममा भारी बर्षा हुने संम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । अझै नेपालमा २ महिनामा मनसुन सक्रिय रहने श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  यस्तो छ आजको मौसम

देशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/ दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने देखिएकोले उक्त स्थानमा आवश्यक सतर्कता अपनाउन हुन उनले अनुरोध गरे ।

ती क्षेत्रमा पर्ने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्