सर्वोच्च अदालतका सवारी चालकमा कोरोना पुष्टि

काठमाडौं : सर्वोच्च अदालतका १ सय ८१ जना कर्मचारीमा गरेको कोभिड-१९ परीक्षणमा १ जना सवारी चालकको नतिजा पोजिटिभ आएको छ ।

आइतबार १ सय ८१ जना कर्मचारीमा पीसीआर परीक्षणका गर्न लगिएको थियो । त्यसमध्ये १ सय ८० जनामा कोभिड-१९ नेगेटिभ देखिएको र १ जना सवारी चालकमा कोरोना पुष्टि भएको सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोना संक्रमणको उपचारबाट निजी अस्पताल पन्छिन पाउँदैनन्ः सर्वोच्च अदालत

सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि नभएको र १ जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख छ ।

कमेन्ट गर्नुहोस्