ओली-प्रचण्डबीचको निर्धारित बैठक स्थगित

काठमाडौं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बिहीबार पनि छलफल हुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधबार बेलुका ५ बजे बस्ने भनिएको २ अध्यक्षको निर्धारित बैठक स्थगित गरी भोलि बिहान बस्न लागेको हो ।

याे पनि पढ्नुस  सकियो ओली-प्रचण्डको ‘वान टु वान’ छलफल, के भयो कुराकानी ?

नेकपाभित्र आन्तरिक विवाद चुलिएपछि समाधानका लागि दुबै अध्यक्षबीच लामो समयदेखि छलफल जारी छ । दिनहुँ ओली-प्रचण्डबीच वार्ता भए पनि निष्कर्ष निस्किन नसक्दा नेकपा स्थायी कमिटी बैठक पनि स्थगित भइरहेको छ ।

पार्टीभित्रै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग बढेपछि नेकपामा विवादले झन् उग्ररूप लिएको हो ।

हामी पार्टी एकता अक्षुण्य राख्न चाहन्छौं तर यो हाम्रो हातमा मात्रै छैनः प्रचण्ड

बिचौलियाहरूको अड्डा बन्यो बालुवाटारः झलनाथ खनाल

कमेन्ट गर्नुहोस्