नेपालमा ७ जिल्ला कोरोना संक्रमणमुक्त

काठमाडौं : नेपालमा हाललाई ७ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । बुधबारसम्म ७७ मध्ये ७ जिल्ला संक्रमणमुक्त भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै खोटाङ, धनकुटा र रुकुमपश्चिम कोरोना-फ्री भएका छन् ।

हाल खोटाङ, धनकुटा, सङ्खुवासभा, भोजपुर मनाङ, मुस्ताङ र रुकुम पश्चिम गरी ७ जिल्लामा सक्रिय संक्रमित नरहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

याे पनि पढ्नुस  सिंहदरबारको पूर्वीढोकामा स्यानिटाइजर बुथ स्थापना

बुधबार देशभरमा आज ३ सय ८१ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशरभरका ६ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा यी सङ्क्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता गौतमले हाल सक्रिय सङ्क्रमित ६ हजार १७४ रहेको बताए ।

याे पनि पढ्नुस  नेपालमा प्रतिदिन थप २२ बालबालिकाको मृत्यु हुन सक्ने प्रक्षेपण

देशरभमा क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ९ हजार ९२५ रहेको छ ।

त्यस्तै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पछिल्लो २४ घण्टामा १३० जना रहेको छ । आजसम्म १५ हजार १५६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

कुन-कुन जिल्लामा थपिए आज कोरोना संक्रमित? (विवरणसहित)

कमेन्ट गर्नुहोस्