बिहीबारदेखि सवारीमा जोर बिजोर प्रणाली लागू

काठमाडौं : भोलिदेखि फेरि निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । कोरोना भाइरसको जोखिम बढेसँगै जोर विजोर लागू गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाका अनुसार काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।

याे पनि पढ्नुस  आजदेखि फेरि जोर–बिजोर प्रणाली लागू, अन्य के छन् नयाँ नियम ?

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दूरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।

तर, कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरूले जोर विजोर लागू गर्न सुझाएका थिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरूले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए ।

याे पनि पढ्नुस  हट्यो जोर–बिजोर प्रणाली

सरकारले भोलिदेखि राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाएको छ ।

कमेन्ट गर्नुहोस्