कोरोना र जोर-बिजोरबारे सरकारले गर्‍यो महत्वपूर्ण ५ निर्णय

काठमाडौं, २१ साउन : कोरोना संक्रमित बढ्न थालेपछि फेरि सरकारले जोर-बिजोर प्रणाली लागूसँगै महत्वपूर्ण ५ निर्णय गरेको छ ।

उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २ सयजना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर बिजोर प्रणाली लागू हुनेछ ।

याे पनि पढ्नुस  एक महिलामा कोरोना देखिएको आरोग्य फाउन्डेसनका कर्मचारीको रिर्पाेट आयो

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दूरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।

तर, कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरूले जोर विजोर लागू गर्न सुझाएका थिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरूले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

सरकारले भोलिदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाएको छ ।

 

कमेन्ट गर्नुहोस्