प्रचण्डसँगको भेटवार्ता स्थगित गरेर ओलीले भेटे राष्ट्रपति

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बुधबार साँझ ८ बजेपछि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

नेकपा अर्का अध्यक्ष प्रचण्डसँगको सम्बन्धमा केही चिसोपन आएसँगै ओलीले पटकपटक राष्ट्रपतिसँग भेटवार्ता गरिरहेका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना

प्रचण्ड, वामदेव र माधव नेपाल समूहले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने अडान राखेपछि नेकपाको विवाद अहिले पनि उत्कर्षमा छ ।

विवाद समाधानका लागि ओली-प्रचण्डबीच निरन्तर वार्ता भए पनि सहमति हुन सकेको छैन । पार्टी अध्यक्षद्वय ओली-प्रचण्डबीच भोलि बिहान पनि भेटवार्ता गर्ने तालिका तय गरिएको छ ।

ओली-प्रचण्डबीचको निर्धारित बैठक स्थगित

कमेन्ट गर्नुहोस्