जखेराको विकासलाई अझै गति दिनुपर्छ : महरा

उमेश बन्जाडे, देउखुरी : पूर्व सभामुख कृष्णबहादुर महराले देउखुरीको पर्यटकीय स्थल जखेरा तालको बुधबार अवलोकन भ्रमण गरेका छन् ।

प्रतिनिधिसभाका सांसदसमेत रहेका महराले ताल वरपरका भौतिक संरचनाको बारेमा जानकारी लिएका थिए । उनले पर्यटकीय क्षेत्र जखेरा तालको विकासको गतिलाई अझै तीव्र बनाउनु पर्नेतर्फ जोड दिए ।

भ्रमणका क्रममा नेता महराले पूर्व (पश्चिम राजमार्ग अन्तर्गत श्रीगाउँदेखि जखेरा तालसम्म पुग्ने जखेरा रोड । जुन आधाभाग मात्रै कालोपत्रे भएको छ) को बारेमा समेत ताल संरक्षण समितिका पदाधिकारीहरूसँग चासो राखेका थिए ।

याे पनि पढ्नुस  महरालाई पक्राउ गर्न प्रहरी बालुवाटारमा

उ सोत महरा पहिलोपटक जखेरा ताल आएका हाेइनन् । अझ गहिराईमा जाने हो भने जखेरा तालको विकासमा महराको धेरै समय अघिदेखि नै चासो र सहयोग रहँदै आएको यहाँका स्थानीयको भनाइ छ ।

नेता महरा आफूहरूको अभिभावक भएको र जखेरा तालको दिगो विकासमा उनको सधैं उच्च योगदान रहनेमा आफूहरू आशावादी रहेको जखेरा ताल संरक्षण विकास प्रतीष्ठानका महासचिव लोकमणि बन्जाडेले प्रतिक्रिया दिएका छन् ।

याे पनि पढ्नुस  पूर्वसभामुख महराद्वारा थारू संग्रहालयको अवलोकन

विगत केहि दिनअघिदेखि जिल्लाका विभिन्न पर्यटकीय सम्पदाको अवलोकन भ्रमणमा निस्किएका सांसद महरालाई लमही नगरपालिका-३ का अध्यक्ष बाबुराम चौधरी, वडा सदस्य कृष्ण घिमिरे, जखेरा ताल संरक्षण विकास प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्याय, प्रतिष्ठानका सह-अध्यक्ष रविध्वज थापा, उपाध्यक्ष राम सिंह खत्री, महासचिव लोकमणि बन्जाडे, अन्य पदाधिकारी तथा स्थानीयले स्वागत गरेका थिए ।

याे पनि पढ्नुस  अहिले नै सभामुख पदको निर्वाचन गराउन मिल्दैनः नेता पौडेल

कमेन्ट गर्नुहोस्