गण्डकीमा थपिए ११ संक्रमित

पोखराः पोखरामा एक जना सहित गण्डकी प्रदेशभर ११ जनामा कोरोना पुष्टि भएको छ ।

देशका विभिन्न तीन प्रयोगशालामा गरिएको परीक्षणमा चार जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

बिहीबार बिहान कास्कीमा एक, पर्वतमा एक, गोरखामा ६ र नवलपुरमा ३ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीका एक संक्रमित पोखरा महानगरपालिका–४ का २२ वर्षे पुरुष हुन् ।

याे पनि पढ्नुस  आज ४६३ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ३ हजार नाघ्यो

आज थपिएका सहित गण्डकीमा कोरोना संक्रमितको संख्या १५ सय ६६ पुगेको छ । संक्रमितमध्ये १३ सय ६२ जना निको भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्