ओलीलाई भेटेका मन्त्रीमा देखियो कोरोना, बालुवाटारमा खैलाबैला !

जनकपुरः प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ ।

उनी आइतबार काठमाडौंबाट फर्केका थिए । सोमबार स्वाब संकलन गराएका यादवको बुधबार रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कोरोनाको कुनै लक्षण नरहेको उनले बताए ।

याे पनि पढ्नुस  चिनियाँ राष्ट्रपतिको भ्रमणबारे प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीसँग छलफल गर्ने

मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन सबैसँग अपिल गरेका छन् ।

काठमाडौंमा रहँदा यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी भएका थिए ।

याे पनि पढ्नुस  शहीदले देखाएको मार्गदर्शनका कारण जनताले सुखी जीवन पाएका हुन्ः प्रधानमन्त्री ओली
साउन १६ गते बालुवाटारमा आयोजित कार्यक्रममा यादव । तस्बिर प्रधानमन्त्रीको सचिवालय ।

बैठकको क्रममा यादवले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षकलगायतसँग भेटघाट गरेका थिए । साथै बैठकपछि सामूहिक फोटो खिचिएको थियो ।

मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि बालुवाटारमा खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री ओलीलगायत सबैको कोरोना परीक्षण गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्