काठमाडौं उपत्यकामा कोरोनाको नयाँ रेकर्ड

उपत्यकाका बजारमा सर्वसाधारणको भीड ।

काठमाडौंः काठमाडौं उपत्यकामा कोरोनाले नयाँ रेकर्ड कायम गरेको छ ।

एकैदिन अहिलेसम्मकै धेरै १०२ संक्रमित फेला पर्दै काठमाडौं उपत्यकामा कोरोनाले नयाँ रेकर्ड कायम गरेको हो ।

बुधबार दिउँसो ४ बजे आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । सो क्रममा काठमाडौंमा ५७ र ललितपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, परीक्षणको क्रममा बुधबार साँझ थप ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । बुधबार थपिएका १०२ संक्रमित ध्ये १६ जना अझै सम्पर्कमा आएका छैनन् ।योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८२४ पुगेको छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा २५ स्थान सिल, कहाँ कति ?

लकडाउन अन्त्यसँगै उपत्यकामा मानिसको आवतजावत बढेको थियो । जसका कारण उपत्यकामा कोरोना तीव्र गतिमा फैलिरहेको छ ।

संक्रमण बढेको भन्दै गृह मन्त्रालयले आजदेखि उपत्यकामा तीनवटै जिल्लामा सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशका रोक लगाइएको छ ।

याे पनि पढ्नुस  कोरोनाबाट योगी सरकारका मन्त्री रानीको निधन

भारत, विदेश र कोरोना संक्रमण फैलिएको जिल्लाहरूबाट आएका धेरै संक्रमित काठमाडौं उपत्यका प्रवेश गरेका कारण संक्रमित र जोखिम बढेको अधिकारीहरू बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) निर्देशक वासुदेव पाण्डेले लकडाउन खुकुलो भएपछि उपत्यकामा भेटिएका कोराना संक्रमितमध्ये धेरै बाहिरी जिल्लाबाट आएकाहरू रहेको बताए ।

कमेन्ट गर्नुहोस्