प्रचण्ड निवासका ६ जना सुरक्षाकर्मीमा कोरोना भेटियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डको निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

परिवार निकट श्रोतले दिएको जानकारी अनुसार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो । कोरोना परीक्षणको परिणाम आएपछि ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो ।

सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिए पनि प्रचण्ड परिवारका सदस्यहरमा भने संक्रमण भेटिएको छैन ।

निवासमा कार्यरत कुन दर्जाका सुरक्षाकर्मीमा संक्रमण देखिएको भने खुल्न सकेको छैन ।

यसअघि सभामुख अग्नी सापकोटाको निवासमा कार्यरत सुरक्षाकर्मीमा समेत कोरोना देखिएको थियो ।

ओलीलाई भेटेका मन्त्रीमा देखियो कोरोना, बालुवाटारमा खैलाबैला !

कमेन्ट गर्नुहोस्