नेकपाभित्रको बहसः कम्युनिष्ट र गैरकम्युनिष्ट प्रवृतिबीचकाे संघर्ष

तिलक राज भण्डारी
सामान्य आँखाबाट हेर्दा नेकपाभित्र अहिले चलिरहेको बहस र अन्तरसंघर्ष नेतृत्वको टक्कर र संगठनात्मक अन्तरविरोध जस्तो मात्र देखापर्दछ तर, नेकपाभित्रको विद्यमान अन्तरविरोधको पहलु र पात्र प्रवृत्तिको ऐतिहासिक विकासक्रमलाई अध्ययन गर्ने हो भने यो बहस र अन्तरसंघर्ष सारमा कम्युनिष्ट र गैरकम्युनिष्ट प्रवृत्तिविचको संघर्ष नै हो । यद्यपि अहिले यो चरम व्यक्तिवादी महत्वाकाङ्क्षाबाट पैदा भएको ढोंगी अहंकार र सामान्य विधि तथा पद्धतिको पहलुविचको संघर्षको रुपमा अभिव्यक्त भइरहेको छ ।

आजको सिंगो नेकपालाई बुझ्न र यसको अन्तरसंघर्ष बुझ्नको लागि हिजोको एमाले र माओवादीमा चलेको बहस र अन्तरसंघर्ष तथा उक्त संघर्षमा कुन–कुन पात्र प्रवृत्तिले के कस्तो भुमिका खेलेका छन् भन्ने कुरालाइ समेत आधारभूत रुपमा अध्ययन गर्न जरूरी हुन्छ ।

केपी शर्मा ओली र उनको समूह पार्टीभित्र लामो समयसम्म अल्पमतको गुटमा रहेकोले चर्काे गुटबन्दीको रबैया विद्यमान देखिन्छ ।

तत्कालिन एमाले निर्वाचन प्रणालीमार्फत नेतृत्व र संगठन निर्माण गर्दै आएको पार्टी हो । जसले गर्दा निर्वाचनको बेला प्यानल र समुहहरू निर्माण हुने अनि हारजितपछि पनि स्थायी रुपमा गुटबन्दीको सिकार हुने वस्तुगत स्थितिबाट एमाले अभ्यस्त हुँदै आएको देखिन्छ । पार्टीभित्र लामो समयसम्म माधव कुमार नेपाल नै पार्टीको नेतृत्वमा रहे । केपी शर्मा ओली र उनको समूह लामो समयसम्म माधव कुमार नेपाल समुहको डोमिनेशन र पेलानमा रहनु पर्याे । पार्टीभित्र प्रतिपक्ष र गुटबन्दीको दायरामा सिमित रहनुपर्याे ।

लामो समय पार्टीको नेतृत्वमा रहेकोले माधव कुमार नेपाल र उनको समुहसंग पार्टीको संस्थापन चरित्र र संस्कार अध्यावति देखिन्छ । उनीसंग पार्टीको विचार, एजेण्डा, निर्णय र विधि मान्ने संस्कारबाट प्रेरित नेता कार्यकर्ताहरूको समूह तुलनात्मक रुपमा बढी नै छ । अर्काेतर्फ केपी शर्मा ओली र उनको समूह पार्टीभित्र लामो समयसम्म अल्पमतको गुटमा रहेकोले चर्काे गुटबन्दीको रबैया विद्यमान देखिन्छ । अहिले पनि पार्टीको आधिकारिक निर्णय र राजनीतिक एजेण्डाहरू भन्दा पनि गुटको आधिकारिकता खोज्ने संस्कार नै हावी भइरहेको देखिन्छ ।

राष्ट्रपति र न्यायालयलाई समेत विवादमा तान्ने चेष्टा गर्ने कार्यशैली र संस्कारलाइ कम्युनिष्ट नेतृत्व र संस्कार किन ? कसले ? मान्ने बहसको केन्द्र यहीँ वरिपरि छ ।

लामो समयसम्म पार्टीभित्रको अल्पमतमा परेकोले बाह्य राजनीतिक परिचालनमा नेतृत्वदायी भुमिका खेल्ने अवसर पनि उनले प्राप्त गरेरनन् । परिणामस्वरुप आजको राजनीतिक परिवर्तनका एजेण्डाहरूमा पनि उनको भुमिका प्रतिक्रियात्मक र टिप्ण्नीमा मात्र सिमित रहन गयो । माधव कुमार नेपाल पार्टीको मूल नेतृत्वमा भएकोले सत्ताको नेतृत्व र राजनीतिक परिचालनमा सहभागी भए ।

याे पनि पढ्नुस  नेकपा विवादमा सहमति खोज्न कार्यदल गठन, को–को परे ?

राजतन्त्रको अन्त्य र गणतन्त्र प्राप्तिको आन्दोलन तथा शान्ति प्रक्रियालगायतका सन्दर्भमा माधव कुमार नेपालको भूमिका नै पार्टीको तर्फबाट नेतृत्वदायी रहन गयो र उक्त भुमिका इतिहासले पनि संस्थागत गर्याे । अर्कातर्फ केपी ओलीले गणतन्त्र प्राप्तिको आन्दोलनलाइ ‘बयलगाडा चढेर अमेरिका जाने यात्रा’को रुपमा चित्रित गरे । तर त्यहीँ आन्दोलनमार्फत गणतन्त्र स्थापना भयो । त्यतिमात्रै होइन पार्टीभित्र प्रतिपक्ष र र अल्पमतमा रहेका केपी शर्मा ओलीले बाह्य राजनीतिमा समेत पार्टीले लिने निर्णय र एजेण्डमा बखेडा झिक्ने र प्रतिक्रियात्मक भुमिकामा आफूलाइ अभ्यस्त तुल्याए । उनले अहिलेको परिवर्तन, राजनैतिक एजेण्डा र उपलब्धिहरूप्रति न कहिले सकारात्मक प्रतिक्रिया दिए न त कहिले स्वामित्व लिने अवसर नै प्राप्त गरे ।

छोटै समयमा वर्गसंघर्ष र अन्तरसंघर्षमा ठूला–ठूला उतारचढाव, युद्ध शान्ति, एकता, विभाजनलगायतका उत्साहप्रद र कठिन मोडहरूमा समेत आफ्नो परिपक्वता सावित गरेका छन् प्रचण्डले ।

राजनीतिमा जे पनि सम्भव हुन्छ भने झैं अहिलेको परिवर्तन, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रणाली र समग्र शान्ति प्रक्रियाको वागि विचार र नेतृत्व नै यी उपलब्धिहरूको कार्यन्वयन गर्ने बढो अन्तरविरोधी भुमिका र संयोग बन्न गयो । तसर्थ औपचारिक रुपमा कम्युनिष्ट विचार, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशि तथा समानुपातिक प्रणालीको पक्षमा उभिए पनि व्यवहारिक र संस्कारित रुपमा प्रस्तुत हुन निकै कठिन भइरहेको देखिन्छ ।

लामो समयसम्म पार्टीभित्र प्रतिपक्ष गुटबन्दीको उतारचढावपछि सत्तासिन हुन सफल भएको नेतृत्व नै विगतमा अल्पमतमा पर्दाको पीडा सम्झिँदै इगो साध्न निर्मम रुपमा प्रस्तुत हुनु र सत्ताको अहंकारमा उभिएको चरम व्यक्तिवादी महत्वाकाङ्क्षाबाट पैदा भएको गैर–कम्युनिष्ट स्वभाव, प्रवृत्ति र संस्कारबाट नेकपा सञ्चालन गर्ने चेष्टा गर्नु नै नेकपाभित्र अहिले अन्तरसंघर्षको जड बन्न पुग्यो ।

माधव कुमार नेपाल र प्रचण्ड लामो समयसम्म पार्टीको नेतृत्वदायी भुमिकामा मात्रै होइन, ऐतिहासिक १२ बुँदे सहमति, जनआन्दोलन, शान्ति प्रक्रिया र गणतन्त्र स्थापना तथा अहिलेको राजनितिक परिवर्तनलाइ संस्थागत गर्ने सन्दर्भमा समेत सहकार्य गरेको नेतृत्वको परिपक्व टिम हो ।

कम्युनिष्ट विचार, कार्यशैली र संगठनात्मक पद्धतिलाइ नै आफ्नो दुश्मन देख्ने, आफैंले गरेका सहमति र हस्ताक्षर उलंघन गर्दै हिँड्ने अनि आफैंले गरेको पार्टी एकता, पार्टीको कार्यदिशा र विधान विपरित मनलाग्दी अभिव्यक्ति दिने नेतृत्वको कार्यशैलीले न त नेकपाको सेवा गर्याे नत मुलुक र जनतालाइ नै खुशी तुल्यायो । लामो समयसम्म पार्टीको आन्तरिक जीवनमा प्रतिपक्ष र वाह्य राजनीतिक परिचालनमा अवसर विनाको प्रतिक्रियात्मक भुमिकामा रहेको नेतृत्व र प्रवृत्ति नै अहिले नेकपा र नेकपा नेतृत्वको दुइतिहाइ सरकारको नेतृत्व गर्ने संयोग बन्न पुग्यो ।

गुट होइन एकतापछिको नेकपा निर्माण गर्ने मामलामा कमरेड प्रचण्डले देखाएको उदारता र सहजताको जगमा नै केपी शर्मा ओलीको अहंकारको जन्म हुन पुग्यो ।

यसले नत पार्टीको आन्तरिक जीवनलाई कम्युनिष्ट सिद्धान्त, पद्धति र संस्कारमा सञ्चालित गर्याे नत सरकारको नीति, कार्यक्रम र वजेट तथा राजनितिक नियुक्तिमा कम्युनिष्ट आचरण र वर्गीय पक्षधरता देखियो । बरू गैर कम्युनिष्ट प्रवृत्तिका छाडापन, अराजकता, सत्ताको मातमा चरम व्यक्तिवादी महत्वाकाँक्षा र अहंकारी स्वभावले पार्टी भित्र र आम जनतामा समेत निरासाको कुइरो मडारिन पुग्यो । यसो हेर्दा सर्वज्ञानी, डाक्टर, वैद्य, इतिहासकार, कलाकार, नाटककार सबैको चरित्र प्रस्तुत गर्न सक्ने तर, राजनीति संस्कार, कम्युनिष्ट आचरण, संगठनात्मक पद्धतिसहितको कम्युनिष्ट नेतृत्वको नाटक समेत गर्न नसक्ने । पार्टीको बैठकमा सहभागी नहुने, उल्टै पार्टी फुटको हवाला दिने, षड्यन्त्र र गुटबन्दी गर्न नेता कार्यकर्ताको घरदैलो चाहार्न सक्ने । त्यतिमात्र होइन राष्ट्रपति र न्यायालयलाई समेत विवादमा तान्ने चेष्टा गर्ने कार्यशैली र संस्कारलाइ कम्युनिष्ट नेतृत्व र संस्कार किन ? कसले ? मान्ने बहसको केन्द्र यहीँ वरिपरि छ ।

याे पनि पढ्नुस  युद्धकालमा प्रचण्ड बसेको घरमा पुगे मन्त्री पुन (तस्विरसहित)

अर्काे तर्फ पूर्वमाओवादी र कमरेड प्रचण्ड क्रान्ति र राजनीतिक आवश्यकतामा प्राधिकारपूर्ण नेतृत्व र संगठन परिचालन गर्ने पद्धतिबाट अगाडि बढेको पार्टी र नेतृत्व हो । जनयुद्धको तयारीदेखि नै विचार, नेतृत्व र एजेण्डाको नेतृत्व गर्दै आएका प्रचण्डले पार्टीभित्र एउटा प्राधिकारपूर्ण नेतृत्वको रुपमा आफूलाइ उभ्याए । पार्टीलाइ युद्धमा होम्ने, शान्ति प्रक्रियामा ल्याउने, विचार र कार्यदिशाको विकास गर्ने, राजनीतिक परिवर्तनको एजेण्डाहरू संविधान सभा, गणतन्त्र, संघियता, धर्मनिरपेक्षता र समावेशी तथा समानुपातिक प्रणाली सहितको संविधान निर्माण र समग्र शान्तिप्रक्रिया तथा पार्टी एकता र नेकपा निर्माणसम्म प्राधिकारपूर्ण नेतृत्वको क्षमता प्रचण्डले प्रस्तुत गरेका छन् । यद्यपि छोटै समयमा वर्गसंघर्ष र अन्तरसंघर्षमा ठूला–ठूला उतारचढाव, युद्ध शान्ति, एकता, विभाजनलगायतका उत्साहप्रद र कठिन मोडहरूमा समेत आफ्नो परिपक्वता सावित गरेका छन् प्रचण्डले ।

आफुविरोधी गुट र समुहलाई पेल्ने र प्रतिसोध साध्ने इगोबाट केपी शर्मा ओलीलाई बचाउन सकिएन भने नेकपालाइ पनि दुर्घटनाबाट जोगाउन सकिने अवस्था देखिँदैन ।

उनले पार्टीभित्र ठुला, ठुला बैचारिक संघर्षहरु वेहोर्नुपर्याे तर कहिले पनि सानो समूह र गुट निर्माण गर्ने चेष्टा गरेनन् । प्रचण्ड निकटका भनिनेहरूले उनलाइ गर्ने आलोचना नै ‘तपाइको टिम भएन र, तपाइले टिम बनाउनु भएन र टिमको रक्षा गर्नु भएन’ भन्ने नै हो । अहिलेको संघर्षमा अभिव्यक्त भइरहेका प्रचण्डप्रतिका कतिपय असन्तुष्टि पनि यहीँ वरिपरिबाट सिर्जना भएका छन् । कमरेड प्रचण्डमा मात्रै होइन सिंगो माओवादीबाट आएका नेता कार्यकर्ताहरूमा समेत गुटबन्दीको अभ्यास र त्यसबाट पैदा हुने इगो र अहंकारको मात्रा निकै कमजोर छ । गुट होइन एकतापछिको नेकपा निर्माण गर्ने मामलामा कमरेड प्रचण्डले देखाएको उदारता र सहजताको जगमा नै केपी शर्मा ओलीको अहंकारको जन्म हुन पुग्यो ।

याे पनि पढ्नुस  पेरिसडाँडामा बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

हो, यहि ऐतिहासिक पृष्ठभुमिबाट प्रेरित दुई भिन्न संस्कार र प्रवृतिहरूको अन्तर नै अहिले संघर्षको रुपमा आम्नेसाम्ने टक्राइरहेको छ । पार्टी र मुलुक निर्माण गर्ने प्रचण्डको यो महानता र उदारतामा राज गरेर आफुविरोधी गुट र समुहलाई पेल्ने र प्रतिसोध साध्ने इगोबाट केपी शर्मा ओलीलाई बचाउन सकिएन भने नेकपालाइ पनि दुर्घटनाबाट जोगाउन सकिने अवस्था देखिँदैन ।

माधव कुमार नेपाल र प्रचण्ड लामो समयसम्म पार्टीको नेतृत्वदायी भुमिकामा मात्रै होइन, ऐतिहासिक १२ बुँदे सहमति, जनआन्दोलन, शान्ति प्रक्रिया र गणतन्त्र स्थापना तथा अहिलेको राजनितिक परिवर्तनलाइ संस्थागत गर्ने सन्दर्भमा समेत सहकार्य गरेको नेतृत्वको परिपक्व टिम हो । र, अहिले पनि पार्टीभित्र र बाहिर राजनितिक संस्कारसहितको सहकार्यमा अगाडि बढेको देखिन्छ । मार्क्सवादी कोणबाट हेर्दा कोही व्यक्ति वा नेता समस्या रहित हुँदैन र नेकपामा पनि त्यो सम्भव छैन । यद्यपि विगतमा पार्टी सञ्चालन र मुलुकको नेतृत्व गर्दा भए गरेका कमजोरीहरुलाइ समेत सच्याएर यो नेकपा र मुलुकको नेतृत्व गर्ने तत्कालिन कार्यभार बन्न गएको छ ।

विचार, कार्यदिशा र संगठनात्मक पद्धति र विधिको स्पष्टतासहित सामुहिक नेतृत्वको टिमले नै आज नेकपाको आन्तरिक र बाह्य राजनीतिमा अनइपरेको जिम्मेवनरी निर्वाह गर्नुपर्ने ऐतिहासिक र तत्कालिक कार्यभार बन्न गएको छ ।

लेखक नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका नेता हुन् ।

कमेन्ट गर्नुहोस्