संघीय संसदका प्रवक्तामा कोरोना संक्रमण

काठमाडौं : संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

लेखा समितिका सचिवसमेत रहेका पाण्डे अर्का संक्रमित सांसद प्रदीप यादवसँगै वनको अनुगमनका लागि गएका थिए ।

यादवलाई कोरोना पोजेटिभ देखिएपछि उक्त टोलीमा रहेका सबै सेल्फ आइसोलेसनमा बसेका थिए । ‘टोलीमा रहेका अन्य सांसदहरुको पनि परीक्षण भएको थियोु, सचिवालयका एक अधिकारीले भने, ‘प्रवक्ता पाण्डेको मात्र कोरोना पोजेटिभ देखिएको हो ।’

कमेन्ट गर्नुहोस्