काठमाडौंका १६ संक्रमित सम्पर्कविहीन

काठमाडौं : उपत्यकामा कोरोना संक्रमण फैलिँदै गएपछि संक्रमित सम्पर्कविहीन हुने क्रम बढेको छ । १ सातायता काठमाडौंमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि संक्रमित सम्पर्कविहीन हुने क्रम बढेको हो ।

केही दिनयता संक्रमण पुष्टि भएका १६ जना मोबाइल अफ गरेर सम्पर्कविहीन भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय श्रोतले बतायो । उनीहरूले गलत ठेगाना र गलत व्यक्तिगत विवरण दिने गरेको पनि मन्त्रालयका एक अधिकारीले बताए ।

याे पनि पढ्नुस  विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बुधबार गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा ६२ जनामा संक्रमण पुष्टि गरेका थिए। तर बुधबार रातिसम्म एकै दिन १०२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ​

कमेन्ट गर्नुहोस्