जनकपुरका मेयरका छोरी-ज्वाइँ र पिएमा पनि कोरोना पुष्टि

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहका छोरी, ज्वाइँ र पिएमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

संक्रमित तीनै जनालाई प्रदेश सरकारले निर्माण गरेको लक्षमिनिया गाउँपालिकास्थित सपही आइसोलेसन सेन्टरमा भर्ना गरिएको छ ।

छोरी(ज्वाइँ र स्वकीय सचिव (पिए) कोरोना संक्रमित भएपछि मेयर साह होम क्वारेन्टाइनमा बसेका छन् । यस्तै जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाका पनि एक कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्