३६० जनामा देखियो कोरोना, उपत्यकामा मात्रै ८७ संक्रमित थपिए

काठमाडौंः आज कोरोना भाइरसका ३६० जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ६२२ जनाको स्वाब परीक्षण गरिएको छ । हाल नौ हजार ४७० जना क्वारेन्टिनमा छन् ।

याे पनि पढ्नुस  कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका

सक्रिय सङ्क्रमित सङ्ख्या छ हजार २९६ रहेका छन् । सङ्क्रमित भएर मृत्यु हुनेको सङ्ख्या पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा २३३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार ३८९ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा फेरि थपिए संक्रमित

काठमाडौं उपत्यकामा ८६ जना सङ्क्रमित भएका छन् । काठमाडौंमा मात्रै ८१ जना र ललितपुरमा चार र भक्तपुरमा एकजना रहेका छन् । मृत्यु संख्या ६५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्