राष्ट्रिय सभाका विषयगत समितिमा सभापति सर्वसम्मत

काठमाडौंः राष्ट्रिय सभाका विषयगत चार समितिमा निर्वाचन प्रक्रिया शरू हुँदा चार जना पुरानै सभापतिको उम्मेदवारी दर्ता भएको छ ।

साँझ ४ बजेको अन्तिम नामावली प्रकाशन हुँदा चार जनाको नाममा मात्र उम्मेदवारी दर्ता हुँदा उनीहरू सभापतिमा सर्वसम्मत चयन हुने निश्चित भएको हो । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालका अनुसार शुक्रबार १ बजे सभापतिहरूको सर्वसम्मत नाम घोषणा हुनेछ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिहरूको आज उम्मेदवारी दर्ता भएको हो ।

याे पनि पढ्नुस  नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मत पारित

चार समितिमध्ये विधायन व्यवस्थापन समितिको सभापतिमा परशु मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) र दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्टको उम्मेदवारी परेको छ ।

चार समितिका सभापतिमध्ये तीन सभापति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हुन् । भट्ट मात्र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्छन् ।

कमेन्ट गर्नुहोस्