वीरगञ्जमा मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्जः वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोरोना अस्पतालमा बिहीबार मृत्यु भएका व्यक्तिमा पनि कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ ।

गण्डक अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले शंकास्पद कोरोना रोगीको रुपमा वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा पनि कोरोना सङ्क्रमण रहेको पुष्टि गरे ।

याे पनि पढ्नुस  कोरोना अपडेटः भारतको पछिल्लो अवस्था के छ ?

बिहीबार साँझ आएको पिसिआर रिर्पोटमा कोरोना पोजेटिभ देखिएको गण्डक अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. सिंहले बताए । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मधुमेह र मुटुरोगी ती पुरुषमा श्वास प्रश्वासमा समस्या आएपछि साउन २० गते साँझ नारायणी अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पताल गण्डकमा शंकास्पद कोरोना रोगीका रुपमा भर्ना गरी उपचार शुरू गरिएको थियो ।

याे पनि पढ्नुस  कोरोनाको नाममा २ करोड बढी खर्च, २५ लाख कर्मचारीलाई विशेष भत्ता !

पर्सामा मृत्यु हुने सङ्क्रमितको संख्या १८ पुग्यो भने साउन महिनाका २२ दिनमा मात्र १५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्