फेरि धमाधम लकडाउन गरिँदै, अहिलेसम्म कहाँ–कहाँ भयो ? (सूचीसहित)

काठमाडौंः लकडाउन अन्त्यपछि कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले लकडाउन धमाधम गर्न थालेका छन् ।

सरकारले देशैभरी तत्काल लकडाउन लागू नगर्ने तर स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयले आवश्यकताअनुसार लकडाउन घोषणा गर्न सक्ने जनाएको छ ।

– नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै लकडाउन सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरूपमा रोक लगाइने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  ‘लकडाउन’ उल्लंघन गरी चलाइएको बस दुर्घटनाः एकको मृत्यु, ३ जना घाइते

– कैलालीको कैलारी गाउँपालिकामा बुधबारदेखि अनिश्चितकालका लागि बन्दाबन्दी (लकडाउन) गरिएको छ । गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा खाना पकाउने भान्छे र विद्यालयका चौकीदारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो गाउँपालिकामा बन्दाबन्दी गरिएको हो ।

– सुनसरीका धरान, इटहरी उपमहानगरपालिका, दुहवी र इनरुवा नगरपालिकाले बुधबार मध्यराति १२ बजेदेखि एक साताका लागि पूर्ण रुपमा लकडाउन जारी छ ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

– महोत्तरीको भंगहा नगरपालिले बिहीबारदेखि एक सातासम्मका लागि लडकउन घोषणा गरेको छ ।

– सिरहाको मिर्चैया नगरपालिकामा बिहीबारदेखि साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको छ ।

– मोरङको बेलबारी नगरपालिकाले बिहीबार राति १२ बजेदेखि ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  एकैदिन आज १ हजार १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८ हजार नाघ्यो

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । देशका १४ जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा लागू गरिएको छ । ६ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ ।

कमेन्ट गर्नुहोस्