हेर्नुहोस्, आज काठमाडौंका यी क्षेत्रमा जाँदैछ बत्ती (सूचीसहित)

काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले आज र भोलि राजधानी काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालले जानकारी दिए ।

याे पनि पढ्नुस  मंगलबार राजधानीमा ७ घण्टा बत्ती जाने, कहाँ–कहाँ ?

प्राधिरकणका अनुसार शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडरअन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटैती हुने छ ।

सानेपा, चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्रलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

कमेन्ट गर्नुहोस्