आज अन्तर्राष्ट्रिय बियर दिवस मनाइँदै

काठमाडौंः आज शुक्रबार अन्तर्राष्ट्रिय बियर दिवस मनाइँदैछ । प्रत्येक वर्ष अगस्त पहिलो शुक्रबार अन्तर्राष्ट्रिय बियर दिवस मनाइँदै आएको छ ।

नेपालमा बियर दिवस प्रायः मनाएको पाइँदैन तर, अन्तर्राष्ट्रिय बजारमा भने निकै महत्त्व साथ यो दिवस मनाउने गरेको पाइन्छ ।

अन्तर्राष्ट्रिय बियर दिवस मनाउने सोच सन् २००७ मा जेसी अभ्सालोमोभको दिमागमा आएको हो ।

साथीभाइसँग जमघट र बियरको स्वाद लिने, बियर बनाउने र सर्भ गर्नेप्रति सम्मान प्रकट गर्ने रबियरको ब्यानरमुनि विश्व एकता कायम गर्ने उद्देश्यका कारण अन्तर्राष्ट्रिय बियर दिवस मनाइन्छ ।

कमेन्ट गर्नुहोस्